काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गराएर १२ औं दिनमा अस्पतालबाट शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका उनी डिस्चार्ज भएका हुन् ।
प्रधानमन्‍त्री ओलीकामहत्वपूर्ण अंगका परिसूचक र परीक्षणहरु राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको २१ गते बुधबार दोस्रो पटकमिर्गौला प्रत्यारोपण गरिएको थियो। उनकी मिर्गौलादाता समीक्षा संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।