काठमाडौं । भोलि शनिबारसम्म देशभरी नै बादल लाग्ने र वर्षा हुने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण आजदेखि बादल र वर्षा सुरु भएको हो । मौसम विभागले यसअघि नै न्यू चापीय प्रणाली सुरु हुने चेतावनी दिएको थियो । बिहीबार पश्चिम नेपाल हुँदै नेपाल पसेको उक्त प्रणालीले अहिले पश्चिम नेपालमा वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकासहित देशभर बादल देखिएको छ ।
हिउँद सकिएपछि नेपालमा प्रिमनसुनी गतिविधि हुन्छन् । अहिले पश्चिमी न्यून चापीय प्रणाली र प्रिमनसुनी दुवै सक्रिय भएको हो । काठमाडौं उपत्यकामा सहित देशभरी नै शनिबारसम्म मौमस प्रभावित हुने बताइएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फागुन ३० गते (शुक्रबार) : दिउँसोः देशभर सामान्य बदली रहनेछ। पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ। राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भागलगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ।
चैत्र ०१ गते (शनिबार): दिउँसोः देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। रातीः देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ।
चैत्र ०२ गते (आइतबार): दिउँसोः देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना छ। रातीः देशका पहाडी भू-भागमा आंशिकदेखी सामान्य बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ।
आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्श
पश्चिमी भू-भागलगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ तथा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।