काठमाडौं । नेपाली बजारमा उच्चतम् बिन्दुमा पुगेर कारोबार हुँदै आएको सुनको भाउ शुक्रबार ह्वात्तै घटेको छ । सुनको भाउ बिहीबारको तुलनामा तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रति तोला ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन पनि तोलामा तीन हजार रुपैयाँले घटेर प्रतितोला ७८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस दिन चाँदीको भाउ पनि घटेको छ । बिहीबार चाँदी प्रति तोलामा ४० रुपैयाँले घटेर प्रति तोला ८ सय २० रुपैयाँमा कारोबार भैरहेके सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तर बिहीबार चाँदी ८६० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।