लुकाएर राखिएको आठ ट्रक मास्क प्रहरीले यसरी भेट्यो

काठमाडौं । प्रहरीले लुकाएर राखेको आठ ट्रक सर्जिकल मास्क काठमाडौंबाट बरामद गरेको छ । काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सोमबार उक्त मास्क बरामद गरेको हो ।
प्रहरीले ती दुई गोदाममा आइतबार अपरान्ह सिल गरेको थियो । आज बिहान सिल खोलेर गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको प्रहरीले जनाएको छ । ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा रहेका थिए । मास्क लुकाएर राखिएकाे सुचनाका आधारमा प्रहरीले गोदाममा सिलबन्दी गरेको थियो । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क बाहिर निकालिएको हो । यसअघि, काठमाडौंको कपनमा एक लाख ६८ हजार थान मास्क सहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।