काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै भेटघाट हालका लागि स्थगित गरेका छन् । प्रचण्डले कोरोना भाइरसको कारण भेटघाट स्थगित गरेका हुन् ।
अत्यावश्यक बाहेक सबै भेटघाट हालका लागि स्थगित गरिएको उनको सचिवालयले जनाएको छ । ‘विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरसका कारण अध्यक्ष कमरेड प्रचण्डद्वारा गरिने सम्पुर्ण भेटघाट (अत्यावश्यक बाहेक) हाललाई स्थगित गरिएको छ ।’ स्वकिय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत यो जानकारी गराएकी छिन् ।