कोरोना भाइरसको सम्भाब्य जोखिमलाई दृष्टिगत गरी सरकारले लकडाउन गरिरहेका अवस्थामा पोखरामा धर्मको नाममा अफवाह फैलाइरहेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनले यशुका अनुयायीलाई कोरोना लाग्दै भन्दै भ्रम सिर्जना गर्ने काम गरेका थिए । सामाजिक सञ्जालको उनलाई पक्राउ गरी कारबाही गर्न चर्को माग हुँदै आएको थियो ।
जुम्ला स्थायी घर भई पोखरा महानगरपालिका वडा नं. ३२ खुदी सुकुम्बासी टोल बस्ने प्रशान्त कटनी मण्डली पोखरा–२९ पावरहाउसको पास्टर ३२ वर्षीय केशब आचार्यले मानिस जम्मा गरी धर्मको नाममा अफवाह फैलाएका कारण पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ राजकुमार केसीले जानकारी दिए ।
कोरोना भाइरसबाट उत्पन्न विपद्को लाभ लिई भ्रमपूर्ण अभिव्यक्तिको भिडियो बनाई युट्युव तथा सामाजिक सञ्जालमा राखेको र शेयर गरी धर्म प्रचारप्रसार गरेका कारण निजकै घरबाट पक्राउ गरी कानुनी कारवाही अगाडि बढाइएको केसीले जानकारी दिए ।
यशुका अनुयायीलाई कोरोना लाग्दैन भन्ने आचार्य पक्राउ
Comments