खोटाङ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले माटिकोरे कबर्ड हलमा ३६ बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।
नगर प्रमुख दिप नारायण रिजालले वर्तमान अवस्थाका लागि २ घण्टामा ३६ शैयाको क्वारेन्टाइन बेड बनाउने काम सप्पन्न भएको जानकारी दिए । उनका क्वारेन्टाइन हलमा डाक्टर, औषधि, उपचार, खाद्यान्न लगायत सामग्री तयारी अवस्थामा रहने छ्न् ।
उक्त क्वारेन्टाइन नगरपालिका, नेपाली सेनाको श्री गोरखनाथ गण मुडे, नेपाल रेडक्रस सोसाइटी शाखा खोटाङको सहकार्यमा निर्माण भएका हो । बेड बनाउनको लागि श्री सरस्वती मावि दिक्तेलले बेन्च उपलब्ध गराएको थियो ।
क्वारेन्टाइनमा कम्तिमा ५ जना चिकित्सक राख्ने तयारी गरिएको छ भने जिल्ला स्वास्थ्य कार्यालयले चिकित्सक उपलब्ध गराउनेछ । जिल्ला समन्वय समितिको अगुवाईमा सोमबार बसेको बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।