काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण काठमाडौंबाट प्रसारणरत उज्यालो रेडियोमा पत्रकार तथा सञ्चारकर्मी कार्यालय उपस्थित नभइ समाचार संकलन तथा प्रसारणको काम हुने भएको छ ।
रेडियो व्यवस्थापकले कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्न उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनको काममा सावधानी अपनाएका हुन् । रेडियो आधिकारिक अनलाइनमा प्रकाशित समाचार अनुसार आफू बच्ने र अरुलाई संक्रमण हुन नदिने उद्देश्यले सबै पत्रकारले आ-आफ्नै घरको एकान्तवासमा बसेर समाचारहरु उत्पादन गर्ने र स्टुडियोमा एकान्तवास बसेका प्राविधिकले प्रसारण गर्ने व्यवस्था मिलाइएको छ ।
केही दिनका लागि रेडियो कार्यक्रमहरु स्थगित गरेर खबर बुलेटिनहरु घरबाटै उत्पादन गरिने उज्यालो रेडियो तथा उज्यालो अनलाइनका कार्यकारी अध्यक्ष गोपाल गुरागाईंले जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ ।
अब एकान्तबासबाट ‘उज्यालो रेडियो’
Comments







