काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को हैरानी बनाएको छ । यति बेला विश्वभरी नै यो रोगबाट कसरी बच्ने भनेर नागरिकमा चिन्ता छ ।
नेपालमा पनि यसको संक्रमण नफैलियोस् भनेर सरकारले एक साताको लागि लकडाउन गरेको छ । नागरिकहरुलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । यस्तो बेला सबैको ध्यान आफू कसरी बच्ने र अरुलाई कसरी बचाउने भन्नेमा छ । तर, कांग्रेसमा भने यति नै बेला कुर्सीको ध्यान पुगेको खुल्न आएको छ ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसबारे आफ्नो धारणा सार्वजनिक गर्दै कुर्सी मोह छताछुल्ल पारेका हुन् । उनले मुलुक संकटमा परेका बेला सहमतिको सरकार गठन हुने गरेको भन्दै अरु दललाई पनि समेटेर अगाडि बढ्न सरकारलाई सुझाउँदै कुर्सी मोह सार्वजनिक गरेका हुन् । यस्तो बेलामा आवश्यक पर्यो भने सहमतिको सरकार पनि बनाउन सक्नुपर्छ । दुनियामा यस्तो प्रचलन पनि छ । उनले फेसबुकमा लेखेका छन् ।
पौडेलले मुलुक जोगाउनका लागि घर घरमा बसेर चिन्तन गर्न आवश्यक पनि उल्लेख गरेका छन् । संकटको अवस्थामा अहिले नै वर्तमान र भविश्यका चिन्तन गर्न थाल्नुपर्ने उनको जोड छ ।
जनतालाई कोरोनाको चिन्ता, कांग्रेसलाई कुर्सीको
Comments