काठमाडौं । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिकसहित सबै छापा संस्करण बन्द गरेको छ । आज एक विशेष प्रकाशकिय छापेर तत्कालका लागि छापा संस्करण बन्द गरेको जनाएको छ ।
‘आफ्ना सहकर्मीको संवेदनशील अवस्था, आम नागरिकको मनोभावना र राज्यको आह्वान– यी तीनवटै कुरालाई दृष्टिगत गर्दै हामी एउटा कठोर तर अत्यावश्यक निर्णयमा पुगेका छौु’, कान्तिपुर मिडियाको तर्फबाट अध्यक्ष एवम् प्रबन्ध निर्देशक कैलाश सिरोहियाले विशेष प्रकाशकीयमार्फत भनेका छन्, ‘जसअनुरूप कान्तिपुर, दी काठमान्डु पोस्ट, साप्ताहिक, नेपाल र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन्।’
छापा संस्करण बन्द भएपछि अनलाइन संस्करण जारी रहने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।