काठमाडौं । कारोना संक्रमण देखिएका धनगढीका ३४ वर्षीय पुरुषको धेरै जना व्यक्ति र धेरै ठाउँमा सम्पर्क भएको पाइएको छ । सरकारले खाडी मुलुकबाट नेपाल आउन प्रतिबन्ध गरेपछि उनी भारतको नयाँदिल्ली हुँदै नेपाल आएको पाइएको छ ।

उनी चैत ६ गते दुबईबाट इमिरेट्स एयरको विमानमार्फत् भारतको राजधानी नयाँदिल्ली आएको अनलाइनखबरले उल्लेख गरेको छ । त्यसको भोलिपल्ट उनी भारतबाट काठमाडौं आएका थिए ।
नेपालखबरका अनुसार दुबईबाट दिल्लीसम्म फ्लाई दुबईको ईके ०१५० नम्बरको जहाज प्रयोग गरेका थिए। दिल्लीबाट भिस्तरा एयर चढेर उनी चैत ७ गते साँझ ५ बजे काठमाडौं आइपुगेका थिए ।

नेपाल सरकारले खाडी मुलुक हुँदै नेपाल आउने सबै उडान रोकेको १ चैत्रदेखि रोकेको थियो । त्यसैले ती पुरुष भारत हुँदै नेपाल आएको बुझिएको छ । नेपालले खाडी हुँदै नेपाल आउने विमान प्रतिबन्ध गरेपनि भारतबाट आउनेमाथि रोकेको थिएन ।

यता, ती युवकले नेपाल आएपछि सार्वजनिक बस चढेको समेत खुल्न आएको छ । काठमाडौं आएको दिन उनी काठमाडौंमा नै आफन्तमा बसेका थिए । भोलिपल्ट उनी बुद्ध एयरको विमानमार्फत् नेपालगञ्ज पुगेपछि सार्वजनिक बसमा चढेर घर गएको बताइएको छ । घरमै रहँदा ज्वराे लगायतका कारण स्वास्थ्यमा समस्या देखिएपछि चैत ११ गते सेती क्षेत्रीय अस्पताल धनगढीमा भर्ना भएका थिए । स्वासथय तथा जनसंख्या मन्त्रालयले शुक्रबार चैत १४ गते उनमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो ।

त्यस क्रममा जहाज, काठमाडौंका उनका आफन्त, धनगढी उपमहानगर ५ स्थित उनका परिवार, उनीसँग भेटघाट गर्ने व्यक्ति, दिल्लीबाट उनी चढेकाे जहाजमा काठमाडौंमा आउने अन्य यात्रु, काठमाडौंबाट उनीसँगै बुद्ध एयरको जहाज चढेर नेपालगञ्ज जाने अन्य यात्रु तथा सार्वजनिक बसमा सवार यात्रुले सतर्कता अपनाउनु पर्ने देखिएको छ ।

चिकित्सकहरुले कोरोनाको संक्रमण १४ दिनसम्ममा देखिने बताउँदै आएका छन् । त्यसो त ६ गते युएईबाट हिडेका ती यु्वामा कोरोनाको सक्रमण एक सातापछि मात्र पुष्टि भएको थियो ।

अर्का पनि भेटिए कोरोना संक्रमित, पहिलाे पटक उपत्यका बाहिर देखियाे काेराेना

इटालीमा जस्तै तपाई हाम्रो घरमा लास उठाउने मान्छे नपाए के हुन्छ…

कोरोना संक्रमित तेस्रो व्यक्ति धादिङका, विदेशबाट नेपाल आएपछि पार्टी र घुमघाममा…

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।