काठमाडौं । दुबईबाट नेपाल आएका एक व्यक्तिको कोरोनाको उपचारका लागि बनाइएको अस्थायी अस्पतालमा निधन भएको छ ।

बुटवलस्थित कोरोना अस्थायी अस्पतालको आइसोलेसनमा उपचाररत एक व्यक्तिको आइतबार मृत्यु भएको हो । उनी दुबईबाट चैत १० गते नेपाल आएको खुल्न आएको छ ।

ज्वरो र खोकीको लक्षण देखिएपछि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पताल बुटवल धागो कारखानामा उनलाई राखिएको थियो । सोही अस्पतालमा आज उनको निधन भएको हो । उनको निधन कोरोनाको कारण भए नभएको पुष्टि हुन बाँकी छ । मृतकको उमेर ३४ वर्षको रहेको छ ।

उनको नमुना परीक्षणका लागि आज मात्रै काठमाडौं पठाइएको छ । परीक्षणपछि उनको मृत्युको कारण खुल्ने छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।