काठमाडौं । सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध बढाएको छ । अप्रिल १५ अर्थात आउँदो ३ वैशाखसम्म बढाएको हो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो ।
सरकारले यसअघि चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका थिए ।
Comments