काठमाडौं । बागमती प्रदेशले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ४० करोड रुपैया थप गर्ने निर्णय गरेको छ ।
प्रदेश मन्त्री परिषदको सोमबार हेटौडामा बसेको बैठकले यस्तो निर्णय गरेको हो आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलका अनुसार १० करोड रुपैयाँको कोषलाई अब ५० करोड पुर्याइएको छ ।
मन्त्री परिषद बैठकले प्रदेशका प्रत्यक्ष निर्वाचन तर्फका ६६ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्यको संयोजकत्वमा समानुपातिक सदस्य, स्थानीय तहका जनप्रतिनिधि, राजनीति दलको प्रतिनिधित्व गराइने अनुगमन समिति बनाउने निर्णय पनि गरेको छ ।
प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार सहयोग कार्य विधि २०७६ स्वीकृत गरी महानगरपालिकालाई २० लाख रुपैयाँ, उपमहानगरपालिकालाई १५ लाख रुपैयाँ, नगरपालिकालाई १२ लाख रुपैयाँ र गाउँपालिकालाई १० लाख रुपैयाँ सहायता उपलब्ध गराउने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । मन्त्री जम्कट्टेलका अनुसार जिल्ला विपद व्यवस्थापन समितिलाई पाँच लाख रुपैयाँ पनि सोही कोषबाट उपलब्ध गराउने निर्णय गरिएको छ । सो रकम कोरोना संक्रमण रोकथाम एवं उपचार, आइसोलेसन तथा क्वारेन्टाइन निर्माण, मेडिकल सामग्री खरिद, बिपन्न परिवारलाई राहतका लागि स्थानीय सरकारले खर्च गर्न सक्नेछन् ।
बागमती प्रदेशले कोभिड १९ को पहिचान रोकथाम, परिक्षण तथा उपचारका लागि १३ वटै जिल्लालाई तयारी अवस्थामा राखेको छ । बागमती प्रदेशमा काठमाडौ बाहेकका जिल्लामा सोमबारसम्म ५४० वटा आइसोलेसन वेड तयार भएका छन् ।
रसुवामा ३५, नुवाकोटमा ९, धादिङमा ३८, दोलखामा ४८, सिन्धुलीमा २३, सिन्धुपाल्चोकमा १७, काभ्रेमा २१, चितवनमा ११३, मकवानपुरमा ६, ललितपुरमा १४६ रामेछापमा ४८ र भक्तपुरमा २५ गरी ५४० आइसोलेसन वेड तयार रहको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । ती जिल्लामा ८१ व्टा अस्पताल रहेका छन् । ती १२ वटा जिल्लाले आइसोलेसन कक्ष, स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र पिपिइ, सरसफाइ र डिस्इन्फेक्सन सम्बन्धी सामानप्रदेश र संघबाट अपेक्षा गरेका छन् ।
हालसम्म १६८ जनाशंकास्पद बिरामीलाई व्यवस्थापनगरिएको सो मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार धादिङमा २८ जना, काभ्रेमा १० जना, चितवनमा १०८ जना र ललितपुरमा १८ जना शंकास्पद बिरामीलाई व्यवस्थापन गरिएको छ । तीमध्ये ३४ जनाशंकास्पद बिरामीको आइतबार व्यवस्थापन गरिएको थियो । काभ्रेमा १४ जना र ललितपुरमा ६ जनाकोभिड १९ काशंकास्पद बिरामी रहेका छन् । नुवाकोटमा ५०, सिन्धुलीमा १०५, सिन्धुपाल्चोकमा १२, ललितपुरमा ५५ गरी २२२ वटा पर्सनल प्रोटेक्टिभ इक्वीप्मेन्ट (पिपिई) रहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।