ग्याँस खोज्न जाँदा प्रहरीको यातना, बिरामी पुर्याउन जाँदा २ हजार जरिवाना

काठमाडौं १७ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नफैलियोस् भनेर सरकारले अहिले लकडाउन गरिरहेको छ । लकडाउन संक्रमण रोकथामका लागि सरकारका लागि भन्दा पनि सबै नागरिक, समाज र राष्ट्रको लागि पनि अहिलेको आवश्यकता हो ।

सरकारले लकडाउनमा अत्यावश्यक बाहेक घर बाहिर आउन र सवारी साधन चलाउन प्रतिबन्ध लगाएको छ । तर, अतिआवश्यक काममा भने लकडाउनमा बाहिर निस्कन पाउने सरकारी अधिकारीहरु बताउँछन् । त्यसो त खाद्यान्न तरकारी बजार खुल्ला हुने गरेको छ ।

कतिपय ठाउँमा भने प्रहरी प्रशासनले मावनता नै बिर्सिने गरेकाे पाइएको छ । एक जना पुरुष खाना पकाउने ग्यास बोकेर हिडिरहेको अवस्थामा प्रहरीले ग्यास सिलिण्डर काँधमा बोक्न लगाएर यातना दिएको फोटो भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको फोटो कुन ठाउँकाे भन्नेबारे खुलेको छैन । तर, खाना पकाउने ग्यास सकिएर सिलिण्डर बोकेरै हिड्दा पनि यातना दिएको भनेर अहिले विरोध भइरहेको छ ।

नेपाल प्रहरीले त्यस घटनाबारे अनुसन्धान थालेको पनि बुझिन आएको छ । अनलाइन खबरका अनुसार प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ ।

यस्तै, अर्को घटना झापाको बिर्तामोडमा पनि घटेको छ । सरकारले १० गते साँझ लकडाउनको घोषणा गर्दै ११ गते बिहान ६ बजेदेखि सवारी साधन चलाउन र अत्यावश्यक बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएकाे थियाे ।

सरकारले यस्तो प्रतिबन्ध लगाउँदा काठमाडौं चाबहिल बस्ने ज्ञानु बस्नेत उपचार गराउन काठमाडौं आउनु भएकी आफ्नी बिरामी आमा र नाबालक बच्चासहित झापा घर फर्कदै थिए । भकुण्डेबेसींमा उनीहरुले रिजर्भ गरेको सवारी साधनलाई अर्को सवारीले सामान्य ठक्कर दियो । त्यसका कारण उनीहरु करिब ३ घण्टा ढिला हुन पुगें । प्रहरीले घटनाबारेको एउटा कागजपत्र पनि बनाईदियो । उनीहरु प्रहरीले घटनाबारे बनाई दिएको त्यहीँ कागज देखाउँदै बिहान ६ बजेपछि घर फर्कदैं थिए । बाटोमा २/३ ठाउँ चेकिंगमा परें । त्यहीँ कागज देखाए, बिरामी आमालाई लिएर आएको बताए । प्रहरीले छाडि दियो ।

११ गते लकडाउनको पहिलो दिन बिहान करिब ८ बजेतिर उनीहरु घर पुग्नु भन्दा ३ किमी मात्र टाढा मात्र थिए, प्रधानमन्त्रीको गृह जिल्ला झापाको बिर्तामोडमा भने ट्राफिक प्रहरीले चालकको लाइसेन्स खोसिदियो । उनीहरुले बिरामी आमालाई लिएर आएको बताए दुर्घटना हुँदा ढिला आएको भन्दै प्रहरीले लेखिदिएको प्रमाण समेत देखाए । तर, ट्राफिकमा मानवता पलाएन । २२ गते आउनु भन्दै लाइसेन्स राखिदियो । त्यतिबेला लाइसेन्स राखे पनि कुनै चिट समेत काटिएन । बेलुकीपख चालक फेरि ट्राफिक प्रहरी कार्यालय पुगें । २ हजार जरिवाना तिराएर छाडिदयो ।
आपत विपतमा परेकाहरुलाई प्रहरीले धेरै ठाउँमा सहयोग गरे पनि बिर्तामोडमा भने प्रहरीले नागरिकमाथि अनौठो व्यवहार प्रस्तुत गरेको हो । कतिपय ठाउँमा हुने यस्ता कार्यले प्रहरी संगठनमाथि नै आँच पुर्याउने गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।