कोरोना आशंकामा भर्ना भएका बिरामीको पाटन अस्पतालमा मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को आशंकामा पाटन अस्पताल भर्ना गरिएका एक जना बिरामीको सोमबार अस्पतालमा मृत्यु भएको बताइएको छ ।

नेपालखबर डटकमले अस्पताल स्रोत र मृतकको पिताको भनाई उदृत गर्दै कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका व्यक्तिको निधन भएको समाचार प्रकाशित गरेको छ । मृत्युको कारण कोरोनाबाट हो हैन भन्नेबारे भने खुल्न आएको छैन । नेपाल खबरका अनुसार परिक्षणको रिपोर्ट आइपुगेको छैन ।

३६ वर्षका ती बिरामी भारतबाट फागुन १४ गते आएको र धादिङ खनियाबास गाउँपालिका स्थायी घर भएका व्यक्ति भएको बताइएको छ । उनलाई आईसीयूमा भर्ना गरी उपचार गरिएको जनाए पनि अस्पतालका अधिकारीहरुले आधिकारिक रुपमा यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।