काठमाडौं १७ चैत । सरकारले घरबेटीहरुलाई एक महिनाको घरभाडा छुट दिन आग्रह गरेको छ । कोरोना भाइरसको कारण व्यापार व्यवसाय सबै ठप्प भएको बेला सर्वसाधरणलाई राहत दिने उद्देश्यले सरकारले यस्तो आग्रह गरेको हो ।
शहरी क्षेत्रका असंगठित श्रमिकहरुको एक महिनाको घरभाडा छुट दिन घरबेटीहरुलाई सरकारले औपचारिक रुपमै आग्रह गरेको हो । यसो गरेमा सरकारले घरबेटीहरुलाई एक महिनाको घरबहाल कर छुट दिने सरकारले जनाएको छ ।
यसअघि नै कतिपय घरबेटीहरुले कुनैले तीन महिनासम्म त कतिपयले एक महिनाको घर बहाल नलिने घोषणा समेत गर्दै आएका छन् ।
तीन महिनाको घरभाडा छुट दिएपछि घरबेटीको चौतर्फी तारिफ
कोरोना भाइरसका कारण रोकथाम गर्ने उद्देश्यले एक सातादेखि सरकारले लकडाउन गरेको छ । सर्वसाधरणलाई घर बाहिर निस्कन र सवारी चलाउन समेत प्रतिबन्ध लगाएको छ ।
Comments







