पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उनका अनुसार हाल देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी पहाडी भू–भागका केही स्थानमा हावाहुरीसहित वर्षा भइरहेको छ । सो प्रणालीको प्रभाव बढी पहाडी भू–भागमा पर्ने जनाइएको छ ।
राति देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागका धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशका पहाडी भू–भागमा आंशिक बदली रही पहाडी भू–भागमा अपराह्नपछि एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ ।
शुक्रबार देशका पूर्व र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने औँल्याइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १२ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र १९ गते (बुधबार)
दिउँसोः देशभर आँशिक देखि सामान्य बदली रही पश्चिमी पहाडी भू-भागका एक/दुई स्थानमा र मध्य र पूर्वका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ | हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ |
रातीः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
चैत्र २० गते (बिहीबार)
दिउँसोः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागमा अपरान्ह पछि एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
रातीः देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ ।
चैत्र २१ गते (शुक्रबार)
दिउँसोः देशका पुर्व र मध्यका पहाडी भू-भागमा आँशिक बदली रही बाँकि भू-भागमा सामान्यतया मौसम सफा रहने देखिन्छ।
रातीः देशभर सामान्यतया मौसम सफा रहने देखिन्छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:-
देशको पश्चिमी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ |
मौसम विश्लेषण:-
देशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।