काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल तथा औषधी सामग्री खरिद प्रकरणमा छानबिन गर्ने विश्वास दिलाएको बताएका छन् ।

हालै बसेको सचिवालय बैठकपछि बिहीबार इमेज टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रचण्डले अर्का पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस विषयमा छानबिन गर्ने जनाएको बताएका हुन् ।

‘हाम्रो बैठकमा पनि यी विषयमा कुराकानी भए, प्रधानमन्त्रीले यसबीचमा जे जस्ता कमी कमजोरी भए तिनको छानविन गर्ने विश्वास दिलाउनु भएको छु, प्रचण्डले भने, ‘म चाहन्छु कमी कमजोरी भएका छन् भने त्यसलाई खुलस्त रुपमा सच्याइयोस्।’

प्रचण्डले प्रधानमन्त्री ओलीसँग आफूले खुलस्त कुरा गर्न चाहेको समेत उल्लेख गरेका छन् । प्रधानमन्त्रीसँग आफूले अनुकल समयमा छलफलका लागि निम्त्याउन आग्रह गरेको उनले बताए । ‘मैले खुलेर कुरा गर्न जरुरी ठानेको छु भनेर प्रधानमन्त्रीलाइ भनेको छुु, प्रचण्डले भने, ‘उहाँले पनि खुलेर कुरा गर्नुपर्ने मान्नु भएको छ।’ ।

सरकारले गरेको लकडाउनको निर्णय उचित भएको भएपनि कतिपय कमी कमजोरी तथा अन्य विषयमा खुलस्त कुरा गर्न चाहेको उनको भनाई छ ।

प्रचण्डले कोरोना रोकथामका लागि उच्चस्तरिय संयन्त्र बनाउनपर्ने समेत बताएका छन् । ‘मैले यो कुरा प्रधानमन्त्री र पार्टीको सचिवालय बैठकमा पनि राखेको छु। सत्तापक्ष, प्रतिपक्ष र महत्वपूर्ण व्यक्ति रहेको संरचना नै बनाएर यसको मुकाबिला गर्नेतर्फ जानुपर्छु, उनले भने ‘त्यस खालको संरचनाले जनतामा विश्वास पैदा गर्छ भन्ने लाग्छ, मैले प्रधानमन्त्री र राजनीतिक दलका नेतालाई यसतर्फ सोच्न आग्रह गरेको छु।’

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।