काठमाडौं । सरकारले सर्वसाधरण जनतालाई बाँडेको राहत नै सडेको तथा म्याद नाघेकाे सामान परेको छ । नागार्जुन नगरपालिका वडा नम्बर ४ ले शुक्रबार सितापाइलास्थित बाफलमा बाडेको राहतमा एक वर्षअघि नै म्याद नाघिसकेको तेल भेटिएको हो । दुई सय पोका तेलमध्ये ८० पोका खाने तेल वर्ष अघि नै म्याद नाघेको पाइएको छ ।
यस्तै, राहतमा बाडिएको चामलमा कुनै महंगो र कुनै सस्तो मिसावट गरेर वितरण गरेको समेत पाइएको छ । यसरी सर्वसाधरणलाई सडेको खाने तेल वितरण गर्न भने वडाको भन्दा स्टोरको हात रहेको पाइएको छ ।
वडाअध्यक्ष अरुण बलामीले स्टोरलाई राहत सामग्री संकलनको जिम्मा दिएको र आफूले म्याद नहेरी वितरण गर्दा म्याद नाघेको राहत पर्न गएको बताए । वडाले न्यू बिके स्टोरलाई जिम्मा दिँदा स्टोरले बदमासी गरी सडेको तेल हालेको पाइएको हो । वाणिज्य विभागले शुक्रबार नै बिके स्टोरलाई ३ लाख जरिवाना गरिसकेको छ ।

बिके स्टोरका सञ्चालकले आफूबाट गल्ती भएको स्वीकार गरेका छन् । चामल भने आफूसँग नपुग्ने भएको वडालाई बताउँदा महंगो र सस्तो मिलाएर दिन भनेपछि रेट पनि मिलाएर त्यसाे गरेको बताए । म्याद नाघेको खाने तेल शुक्रबार नै वडाका प्रतिनिधि तथा प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।
यसरी नष्ट गरियो म्याद नाघेको खाने तेल भिडियो हेर्नुहोस्




