खोटाङमा आफूखुसी राहत बाड्न नपाइने, आजदेखि एकद्धारा प्रणाली लागू

खोटाङ, २८ चैत । खोटाङमा ‘राहत सामग्री एकद्धार प्रणालीबाट मात्रै वितरण गरिने भएको छ । कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति बैठकले यस्तो निर्णय गर्दै जथाभावी राहत वितरण गर्न रोक लगाएको हो । विभिन्न संस्था तथा व्यक्तिले जिल्लाका विभिन्न ठाउँमा पुगेर आफूखुसी राहत वितरण गर्न थालेपछि त्यसलाई व्यवस्थित गर्न एकद्धार प्रणाली लागू गरिएको हो ।

यो निर्णयसँगै संस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्न नपाउने भएका छन् । वास्तविक पीडितसम्म राहत पु¥याउन र स्थानीय तहलाई जिम्मेवार बनाउन आगामी दिनमा वितरण गरिने राहतलाई एकद्धार प्रणाली लागू गरिएको समितिले जनाएको छ ।

बैठकले बाहिरी जिल्लाबाट भित्रिने मुख्य नाकामा चेकजाँचलाई कडाइ गर्ने समेत निर्णय गरेको छ । विदेश तथा शहरबाट जिल्ला भित्रिने व्यक्तिबाट सङ्क्रमण पनि भित्रिने खतरा भएकाले जिल्लाका हरेक नाकाहरुबाट प्रवेश गर्ने व्यक्तिको चेकजाँचमा कडाइ गर्न सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।