यी हुन् एसएसपीबाट डिआईजीमा बढुवा हुने १० प्रहरी अधिकारी (सुचीसहित)

काठमाडौं २९ चैत । सरकारले नेपाल प्रहरीका १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयले राती अबेर १० एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो । यसअघि मन्त्रिपरिषदले डीआईजीको संख्या १४ मा झारेको थियो । जसमध्ये रिक्त १० पदका लागि गृहले सिफारिस गरेको हो ।

डीआईजीको लागि ३४ एसएसपी प्रतिस्पर्धामा थिए। सुची अनुसार एसएसपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, बसन्त पन्त, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त लामा, उत्तम सुबेदी, रबिन्द्र धानुक र अरुण विसी डीआईजी बढुवामा सिफारिस भएका छन् ।

हाल प्रहरीमा कार्यरत चार डीआईजीमध्ये निरजबहादुर शाही सीआईबी, प्रध्युम्न कार्की दुई नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर, सुर्यप्रसाद उपाध्याय प्रहरी प्रधान कार्यालय नक्साल र बिश्वराज पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

अब सातवटा प्रदेश प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) , विशेष ब्यूरो, राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (प्रहरी महाशाखा, प्रहरी प्रधान कार्यालय नक्साल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा एक/ एक गरी जम्मा १४ डीआईजी दरबन्दी रहनेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।