काठमाडौं २९ चैत । नेकपा नेता समेत रहेका प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको मुटुमा एक्कासी समस्या देखिएको छ । उनलाई अहिले महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।
मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको बताइएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको जनाइएको छ । शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएर उनलाई अस्पताल लगिएको थियो ।
Comments







