काठमाडौं ३० चैत । नेपालमा फेरि तीन जनामा कोरोना संक्रमण भएको पाइएको छ । योसँगै नेपालमा कोरानो संंक्रमितको संख्या १२ पुगेको छ । पछिल्लो पटक भेटिएका तीन जना भने भारतीय नागरिक हुन् ।
कोरोना संक्रमित भारतीय नागरिक रहेको र उनीहरुको अहिले वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हेटौंडामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएका उनीहरुको काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पुन परीक्षण गर्दा पोजेटिभ नै देखिएको स्वास्थ्य मन्त्रालयले फेसबुक पेजमार्फत् जानकारी गराएको हो ।
यसअघि, नेपालमा ९ जनामा कोरानो संक्रमण देखिएको थियो । ती मध्ये एक जना निको भएर घर फर्किसकेका छन् भने अन्य ८ जनाको उपचार जारी छ ।
Comments