काठमाडौं । प्रेस संगठन नेपाल, काठमाडौं शाखालाई आरफ फार्मेसीले ५० सेट प्रेस ज्याकेटसहित सुरक्षा सामग्री सहयोग गरेको छ । वीर अस्पतालअगाडिको सो फार्मेसीका सञ्चालक ठाकुर पोखरेलले ज्याकेटसहित पाँच सय थान मास्क र ५० थान स्यानिटाइजर संगठनको काठमाडौंका शाखाका संयोजक सागर पन्तलाई आइतबार हस्तान्तरण गरे ।
लकडाउनका वेला नियमित समाचार संकलन, प्रस्तुति र सम्पादनमा कार्यरत सञ्चारकर्मीका लागि पोखरेलले सामग्री हस्तान्तरण गरेका हुन् । संयोजक पन्तले आवश्यकताका आधारमा सञ्चारकर्मीलाई उक्त सामग्री उपलब्ध गराउन थालिएको बताए ।
Comments