काठमाडौं १ वैशाख । विश्भवरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट १ लाख १४ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । पछिल्लो नतिजा अनुसार कोरोनाबाट साढे हजार लाख मानिसमा संक्रमण फैलिसकेको छ । जसमध्ये ४ लाख २३ हजार भने निको भएका छन् ।

कोरोनाबाट विश्वमा सबैभन्दा बढी अमेरिमा मानवीय क्षति भएको छ । अमेरिमा २२ हजार बढीको ज्यान गएको छ । अमेरिकामा ५ लाख ६० हजार भन्दा बढीलाई कोरोनाको संक्रमण देखिएको छ ।

दोस्रो नम्बरमा सबैभन्दा धेरै मृत्यु हुने इटाली छ भने तेस्रोमा स्पेन रहेको छ । इटालीमा झण्डै २० हजारको ज्यान गएको छ भने डेढ लाख बढी संक्रमित छन् । त्यस्तै स्पेनमा १७ हजारको ज्यान गएको छ भने १ लाख ६० हजार बढीमा सक्रमण फैलिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।