काठमाडौं ७ वैशाख । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेपछि नेकपाभित्र नै तरंग पैदा भएको छ ।
नेकपाले सोमबार साँझ साढे ५ बजे सचिवालय बैठक बोलाएकोमा कुनै निर्णयमा पुग्न सकेन । सरकारले अध्यादेश जारी गरेलगत्तै आकस्मिक रुपमा बैठक बसेपनि बैठक बसी नसक्दै राष्ट्रपतिद्धारा अध्यादेश पारित भएको थियो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विभिन्न कोणबाट छलफल हुने बताएका छन् ।
Comments