काठमाडौं ८ वैशाख । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर एक लाख ७० हजार भन्दा बढीको निधन भएको छ । कोरोनाबाट विश्वमा करिब २५ लाख मानिस संक्रमित छन् । पछिल्लो तथ्यांक अनु्सार १ लाख ७० हजार ४ सय ५६ जनाको निधन भएको छ भने २४ लाख ८१ हजार ९ सय २ जना संक्रमित भएका छन् । जसमध्ये ६ लाख ५२ हजार निको भएर घर फर्किएका छन् ।

कोरोनाबाट सबैभन्दा धेरै क्षति विश्वकै शक्तिशाली भनिएको अमेरिकामा परेको छ । अमेरिकामा ४२ हजार ५ सय १७ जनाको ज्यान गइसकेको छ । अमेरिकामा ७ लाख ९२ हजार ९सय १३ जना संक्रमित छन् । जसमध्ये ७२ हजार सञ्चो भएका छन् । कोरोनाबाट अमेरिकापछि स्पेनमा धेरैको ज्यान गएको छ त्यहाँ २४ हजार बढीको ज्यान गएको छ भने त्यसपछि स्पेन र फ्रान्समा २०/२० हजारको ज्यान गएको छ । नेपालमा पनि कोरोनाबाट ३१ जना संक्रमित भएका छन् । जसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।