काठमाडौं १० वैशाख । नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले १९ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
गृह मनत्रलयका अनुसार वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमअर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल र अशोक सिंहलाई एसएसपीमा सिफारिस गरेको छ । यसैगरी सुदिप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणी आचार्य, यज्ञविनोद पोखरेल, हृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ पनि एसएसपीमा सिफारिस भएका छन् ।
सिफारिस नामविरुद्ध चित्त नबुझे अन्य एसपीले लोकसेवा आयोगको बढुवा तथा विभागीय सजाय परामर्श शाखामा उजुरी गर्न सक्नेछन् । एकसाता भित्र उजुरी नपरे मन्त्रीस्तरीय निर्णयबाट सिफारिस भएकाहरुको नाम अनुमोदन हुनेछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।