काठमाडौं १० वैशाख । काठमाडौंमा अलपत्र श्रमिक तथा मजदुरहरुलाई बोकेर दोलखा जाँदै गरेको बस दुर्घटना हुँदा दर्जनको संख्यामा घाइते भएका छन् । काठमाडौंबाट दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको हो ।
मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।