काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएसँगै राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीको एकता सफल भएको छ । संघीय पार्टी फुटाउने अन्तिम तयारी भइरहेका बेला दुई दलको भने बुधबार राती नै एकता सम्पन्न भएको हो ।
दुई पार्टी एकता भएपछि नाम ‘जनता समाजवादी’ राखिएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङको बीचमा तारा हुने सहमति भएको छ भने चुनाव चिह्न राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।
समाजवादी पार्टी फुटाउन सात सांसदले तयारी गरेपछि त्यसलाई रोक्न हतारमा समाजवादी र राजपाले एकता गरेका हुन् । समाजवादीका सात सांसदले पार्टी फुटाउने तयारी गरीसकेका छन् । अब निर्वाचन आयोगमा उनीहरु पहिले भएमा फुट सफल हुनेछ भने राजपा र समाजवादीको एकतापछिको पार्टी पहिले निर्वाचन आयोगमा दर्ता भएमा ४० प्रतिशत अभावमा पार्टी फुट्नबाट जोगिनेछ ।
प्रधानमन्त्रीको अध्यादेशले जुटाईदियो राजपा र समाजवादीको एकता
Comments