काठमाडौं १२ वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुवै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
प्रधानमन्त्री ओलीले सभापति देउवालाई बालुवाटार बोलाएका थिए त्यस क्रममा देउवाले धन्यवाद दिएका हुन् । देउवाले एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउनमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
उनले कोरोना भाइरसको ब्यापक परिक्षण अहिलेको आवश्यकता रहेको भन्दै समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगर्न पनि सुझाएका छन् ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी वक्तव्यमा श्रमिकलाई कि खान दिन वा गाउँ जान दिन माग गरेको समेत उल्लेख छ । देउवाले प्रधानमन्त्रीलाई विवादका कुनै कुरा नल्याउन सुझाएको समेत वक्तव्यमा जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।