दिनहुँ बढ्दै नेपालमा कोरोना संक्रमित, आज फेरि तीन जना थपिए



काठमाडौं १७ वैशाख । नेपालमा कोरोना संक्रमितको संख्या पुनः चार जना थपिएको छ । टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका २ र पर्साका १ पुरुषमा सङ्क्रमण देखिएको हो ।

ती ४ जना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । बुधबार बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ का ४३ वर्षीय, बाराकै सिम्रौनगढ नगरपालिका–४ का ३१ वर्षीय र पर्साको वीरगन्ज महानगरपालिका–२ छपकैयाका ४६ वर्षीय तीन जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या ५७ पुगेको छ भने पूर्ण रूपमा स्वस्थ भएर १६ जना घर फर्किएका छन् ।

याे पनि पढ्नुहाेस्
भारतबाट फर्किएको ४९ दिनपछि पनि देखियो कोरोना