विश्वका ३९ लाख मानिसमा कोरोना पुष्टि, २ लाख ७० हजारकाे निधन

काठमाडौं २६ वैशाख । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोनाबाट विश्वभरी ३९ लाख मानिस संक्रमित भएका छन् । पछिल्लो तथ्यांक अनुसार विश्वभरी ३९ लाख १७ हजार ९ सय ९१ मानिसमा कोरोना संक्रमणको पुष्टि भएको हाे । तिनीहरु मध्ये १३ लाख ४४ हजार २ सय ६५ जना मानिस सञ्चो भएर घर फर्किएका छन् ।

यता, कोरोनाबाट विश्वमा हालसम्म २ लाख ७० हजार ७ सय ४० व्यक्तिले ज्यान गुमाईसकेका छन् । कोरोनाबाट सबैभन्दा बढी मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ । त्यस्तै बेलायतमा ३० हजार, इटालीमा २९ हजार, स्पेनमा २६ हजार, फ्रान्समा २५ हजारको ज्यान गएको छ ।

नेपालमा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । तर पछिल्लो समय २ जना संक्रमित थपिएपछि जम्मा १०१ जना कोरोना संक्रमितको संख्या पुगेको छ । नेपालमा विस्तारै कोरोनाको संक्रमण फैलिरहेको पाइएको छ ।

छिमेकी भारतमा पनि कोरोनाको संक्रमण फैलदो रहेको पाइएको छ । हालसम्म ५६ हजार संक्रमित भएका छन् भने कोरोनाबाट १८ बढीको ज्यान गइसकेको छ ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...