काठमाडौं । अभिनेत्री अनुष्का शर्मा पनि वेभ सिरिजको निर्माणतर्फ लागेकी छन् । पछिल्लो समय भारतमा पनि वेज सिरिज बनाउने क्रम बढेको छ । अमाजोन, नेटफ्लिक्सलगायत थुप्रै भारतीय डिजिटल प्लेटफर्मले राम्रो पैसा दिने भएपछि सिनेकर्मीको ध्यान वेज सिरिज निर्माणतर्फ खिचिएको हो ।

यसैक्रममा अभिनेत्री अनुष्काले वेभ सिरिज ‘पाताल लोक’ निर्माण गरेकी छन् । उनले हालै मात्र यो रिलिजको ट्रेलर रिलिज गरेकी थिइन् । यो सिरिजको ट्रेलरलाई दर्शकले मन पराएका छन् ।

लकडाउनको बेला दर्शकका लागि यो सिरिजले पूर्ण मनोरञ्जन दिने विश्वास अभिनेत्री अनुष्काको छ । यो सिरिजलाई अब १५ मेमा रिलिज गरिने भएको छ । यसलाई अमाजोन प्राइम भिडियोबाट रिलिज गरिने भएको छ । जसमा जयदीप अहलावत, निरज कबी, अभिषेक बनर्जी, गुलपनागलगायतको मुख्य भूमिका छ ।

यो थ्रिलर क्राइम जनरामा निर्माण भएको छ । अमाजोनबाट लामो समयदेखि थ्रिलर क्राइम जनराको हिन्दी वेभ सिरिज नआएकाले पाताल लोक हेर्न दर्शक प्रतीक्षारत रहेको अभिनेत्री अनुष्काको कथन छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।