बर्दियाको राजापुर नगरपालिका –५ मा कोरोना संक्रमण पुष्टि भएकी बालिकालाई उपचारका लागि अझैसम्म आइसोलेशनमा पठाइएको छैन । बालिकालाई कोरोना संक्रमण भएको सोमबार नै पुष्टि भए पनि आज समेत क्वारेन्टाइनमै राखिएको हाे ।

संक्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार गर्नुपर्ने भए पनि बाँकेको खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालमा प्राविधिक तयारी नपुगेको भन्दै अझै क्वारेन्टाइनमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले संक्रमित बालिकालाई कोरोना अस्पताल पठाउने तयारी भइरहेको जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।