काठमाडौं ३० वैशाख । नेपालमा आज एकैदिन अहिलेसम्मकै ठूलो संख्यामा कोरोन संक्रमित थपिएका छन् ।
नेपालमा आज एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएकाहरु सबै पुरुष रहेका छन् ।
हिजो मात्र एकै दिन २४ जनामा कोरोना पुष्टि भएको थियो । त्यसैसँगै नेपालमा हिजो कुला संक्रमितको संख्या १ सय ३४ रहेकोमा आज आज पुनः ५७ जनामा कोरोना पुष्टि भएको हो ।
Comments







