काठमाडौं २९ वैशाख । नेपालमा कारोना संक्रमितको संख्या १३४ पुगेको छ । आज सोमबार मात्र २४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः १३ जनामा कोराना संक्रमण पुष्टि भएको जनाएको छ । आजै यसअघि १ जना र त्यसअघि १० जनामा कोरोना पुष्टि भएको थियो ।
पछिल्लो पटक कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका- ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका- ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । बर्दिया राजापुर नगरपालिका( ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।