काठमाडौं २९ वैशाख । नेपालमा पुनः १० जना कोरोना संक्रमित फेला परेका छन् । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ५ तथा बुद्धभुमि नगरपालिका वडा नं. ७ र १० का ७ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

उनीहरु १८ देखि ३४ वर्ष उमेर समूहका पुरुषहरु छन् । उनीहरुको स्वास्थ्य सामान्य छ र सबै स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

यसअघि पछिल्लो पटक थप एक जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।