काठमाडौं ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले बाटोमा उफ्रिएर सिमा समाधान नहुने बताएका छन् । उनले बाटोमा बुरुक्क उफ्रिएर र आवेशमा आएर यो समस्या समाधान नहुने भन्दै यसका लागि भारतसँग वार्ता गर्नुपर्ने बताएका छन् ।
मन्त्रीपरिषदको बैठकमा उनले वार्ताको माध्यमबाट समाधान खोज्नुपर्ने विषय भएका जनाएका छन् । उनले यस विषयमा बोल्दा तथ्यपरक भएर कुरा बुझेर मात्रै बोल्नुपर्ने समेत बताएका छन् ।
भारतले तिब्ब्तको मानसरोवर जानका लागि नेपाली भूमि अतिक्रमण गरी बाटो बनाएपछि सीमा विवाद बढेको छ ।
Comments







