पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको भीमदत्त नगरपालिकाको भाँसी क्षेत्रमा म२प ५२७ नंको मोटरसाइकल दुर्घटना हुँदा बेदकोट नगरपालिका–३ का मोहन चौधरीको मृत्यु भएको हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलका अनुसार भीमदत्तनगरदेखि बेदकोटतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनका अनुसार मोहनको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।