काठमाडौं । लोकसेवा आयोगले कुनैपनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका तर दरखास्त संकलन भैसकेका विज्ञापनको अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको छ ।

कुनै एक चरणको परीक्षा सन्चालन भइसकेका पदहरुका बाँकी परीक्षा भने देशको अवस्था सामान्य हुने बित्तिकै लिने भएको छ ।

लोक सेवा आयोगको सोमबार बसेको बैठकले पहिलो चरणका परीक्षा भइसकेका शाखा अधिकृत र नायब सुब्बा पदका बाँकी परीक्षाहरु लकडाउन सकिएसँगै अवस्था सामान्य भएपछि हुने जनाएको छ । यसअघि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि लोक सेवाले यी पदका परीक्षाहरु अनिश्चितकालसम्मका लागि स्थगित गरेको थियो ।

२०७६ फागुन २८ मा प्रकाशित राजपत्र अनंकित द्वितीय श्रेणी अप्राविधिक खरिदार वा सो सरह पदका लागि भएका विभिन्न विज्ञापनहरुमा दरखास्त लिने कार्य समेत यही जेठ ९ गते शुक्रबारदेखि बन्द गर्ने निर्णय भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।