काँग्रेसद्वारा कोरोना रोकथामका लागि युद्धस्तरमा कार्य गर्न अपिल

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाविरुद्धको सङ्घर्ष क्रममा सङ्क्रमितको सङ्ख्या व्यापक बढेको र तीनजनाको मृत्युसमेत भइसकेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य गर्न अपिल र माग गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा आज बसेको पार्टी पदाधिकारी बैठकले नेपालमा पहिलो सङ्क्रमित भेटिएको चार महिना र लकडाउन भएको दुई महिना पूरा हुँदासम्म अझै पनि परीक्षण सुस्त गतिमा हुनु, पर्याप्त स्वास्थ सामग्री नहुनु, क्वारेन्टिनहरु नाम मात्रको हुनु, राहतको पर्याप्त प्याकेजको प्रबन्ध गर्न नसक्नुलाई सरकारको असक्षमताका रूपमा टिप्पणी गरेको छ ।

बैठकले काममा गति बढाउन, आवश्यक सम्पूर्ण प्रबन्ध गर्न र पिसिआर परीक्षण निःशुल्क रुपले व्यापक बढाउन सरकारसमक्ष माग गरेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भारतको विभिन्न शहरबाट सीमामा आइपुगेका नेपालीलाई व्यवस्थित ढङ्गले प्रवेश गराउन, क्वारेन्टिनमा राख्न र पिसिआर परीक्षणपश्चात् मात्रै घर पु¥याउने प्रबन्ध गर्न बैठकले माग गरेको छ ।

सरकारले यो विषयमा गम्भीर ध्यान नदिएर व्यवस्थित योजना साथ कार्य नगरिरहेको चित्रले आगामी दिनमा स्थिति झनै जटिल बन्न सक्नेतर्फ सरकारलाई सतर्क गराउँदै बैठकले नागरिकको जीवनप्रति खेलबाड नगर्नसमेत सरकारलाई आग्रह गरेको उनले बताए । विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने व्यवस्थित कार्ययोजना निर्माण गर्न सरकारले ढिलाइ गरेको भन्दै बैठकले यथाशीध्र आवश्यक योजना सार्वजनिक गरेर अप्ठ्यारोमा परेका नेपालीको उद्धार थाल्न सरकारसमक्ष माग गरेको छ । अन्य विविध कारणले विदेशमा मृत्यु भएका करीब २०० भन्दा बढी नेपालीको शव नेपाल ल्याउने प्रबन्ध तत्काल मिलाएर शोकमा रहेका परिवारजनको पीडामा मल्हम लगाउने राज्यको कर्तव्य पालना गर्न बैठकले आग्रह गरेको छ ।

यसैगरी बैठकले सन् १८१६ को सुगौली सन्धिको ऐतिहासिक तथ्यको जगमा महाकाली पूर्वको लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग भएको र ती भू–भागमा नेपालको हक निर्बाध ढङ्गले स्थापित हुनु पर्दछ भन्ने काँग्रेसले विगतदेखि नै राख्दै आएको प्रस्ट धारणालाई दोहो¥याएको छ । साथै बैठकले सरकारलाई उच्चस्तरीय कूटनीतिक र राजनीतिक पहल गर्न पुनः माग गर्ने निर्णय गरेको छ ।

Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...