काठमाडौं । मंगलबार नेपालमा ९० जना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा विकास देवकोटाले मंगलबार थप ९० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
संक्रमण पुष्टि हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२ जना, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, गुल्मी, अर्घाखाँची र स्याङ्जाका २/२ र धनुषा, रुपन्देही, कैलाली र अछामका एक/एक जना छन् । योसँगै मुलुकका ४६ जिल्लामा संक्रमण देखिएको छ ।
हालसम्म सबैभन्दा बढी बाँकेमा १५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै कपिलवस्तुमा १०९, पर्सामा ९५, रौतहटमा ६९ र रुपन्देहीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।