काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्वारेन्टाइनमा बसेका छन् । यतिबेला उनी किन होम क्वारेन्टाइनमा बस्न पर्यो भनेर चासो राखिएको पाइएको छ ।

स्रोतका अनुसार मन्त्री ढकाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रहेकी एक जना बिरामीलाई अस्पतालमै भेट्न मन्त्री पुगेका थिए ।

ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड—१९ पोजेटिभ देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन् ।

यसअघि उनी शनिबारसमेत मन्त्रालय आउने गरेका उनी ५ दिनदेखि मन्त्रालय पनि आएका छैनन् ।

महिलालाई कोरोना संक्रमण पुष्टि हुनुअघि भेट गरेको आधारमै मन्त्री ढकाल होम क्वारेण्टाइनमा बसेका हुन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।