काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष महत्व दिएको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष स्वास्थ्य मन्त्रालयको बजेट ३८ अर्बले वृद्धि भएको छ ।

संघीय संसदमा बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा ६८ अर्ब ७८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

अर्थमन्त्री खतिवडाले कोरोना महामारी तथा संक्रामक रोगको लागि रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकतामा राख्ने बताएका छन् । उनले कोरोनाको महामारी थप विस्तार हुन नदिन जोखिमयुक्त क्षेत्रमा परीक्षणको दायरा बढाउन, कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि औषधि ,उपकरणका लागि पनि जोड दिने बताएका छन् ।

यस्तै सबै स्थानीय तहमा ५ देखि १५ शय्याका २ सय अस्पताल बनाउन पनि सरकारले बजेट विनियोजन गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।