काठमाडौं । चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ ।

अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाइएको छ ।

अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । मंगलबार मात्र स्वास्थ्य मन्त्रालयले काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मीमा कोरोना देखिएको बताएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।