विदेशबाट ल्याइएका नेपालीहरुलाई राख्ने यी हुन् ठाउँहरु

काठमाडौं । सरकारले विदेशबाट उद्धार गरि ल्याउने नेपालीको व्यवस्थापनको काम तिब्र पारेको छ । पहिलो चरणमा २५ हजार नेपालीलाई ल्याउने सरकारको तयारी छ ।
शुक्रबारदेखि विदेशबाट चार्टर्ड उडान गरेर नेपालीलाई स्वदेश ल्याउने तालिका तय गरिएको छ ।

उनीहरुलाई राख्न उपत्यकाभित्र ९ स्थानमा होल्डिङ सेन्टर र ४ स्थानमा कोरोना डेडिकेटेड क्वारेन्टाइन तयार गरिएको छ । काठमाडौं उत्रिएपछि उनीहरुका लागि काठमाडौं, भक्तपुर र ललितपुरका ९ वटा पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ ।

उनीहरुका लागि १ हजार ७ सय मानिस बस्न मिल्ने गरी ४ वटा सार्वजनिक तथा निजी संरचनालाई कोरोना डेडिकेटेड क्वारेन्टाइन समेत बनाइएको छ ।
विदेशबाट ल्याइएकालाई विमानस्थलस्थित अध्यागमन र त्यहींको हेल्थ डेस्कबाट सामान्य स्वास्थ्य परीक्षण गरेर होल्डिङ सेन्टरमा लगिनेछ । होल्डिङ सेन्टर र क्वारेन्टाइनको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको छ । होल्डिङ सेन्टरबाट मानिसलाई स्थायी ठेगाना भएका स्थानीय तहसम्म पुर्‍याउन पनि सेनालाई नै सवारी व्यवस्थापनको जिम्मा दिइएको छ ।

भक्तपुर प्रशासनले प्रदेश १ र २, काठमाडौं प्रशासनले वाग्मती, गण्डकी र प्रदेश ५ तथा ललितपुर प्रशासनले कर्णाली र सुदूरपश्चिम प्रदेशका मानिसलाई होल्डिङ सेन्टर पुर्‍याउन र त्यहाँबाट सम्बन्धित स्थानीय तहसम्म पठाउने व्यवस्था मिलाउनेछन् ।

कहाँ कहाँ छन् होल्डिङ सेन्टर र क्वारेन्टाइन

भक्तपुरस्थित हेरिटेज पार्टी प्यालेस, राधेराधे, इम्पेरियल पार्टी प्यालेस, सल्लाघारी, सिद्धार्थ कटेज, धोबीघाट डिलाइट पार्टी भेन्यु, महालक्ष्मीस्थान, मण्डला पार्टी प्यालेस, ग्वार्को, यती पार्टी प्यालेस, बसुन्धरा, मिराकल पार्टी प्यालेस, सुकेधारा स्काइजोन पार्टी प्यालेस, धुम्बाराही कुण्डलिनी दरबार ब्यांक्वेट, चप्पल कारखानामा होल्डिङ सेन्टर बनाइएको छ ।

यस्तै, डेडिकेटेड क्वारेन्टाइन भने ४ सय क्षमताको इचंगुनारायण आवास क्षेत्र, इचंगुनारायण, ५ सय क्षमताको मनमोहन मेडिकल कलेज, दहचोक, ३ सय क्षमताको विद्युत् प्राधिकरण तालिम केन्द्र, खरिपाटी र ५ सय क्षमताको काठमाडौं मेडिकल कलेज, दुवाकोटलाई बनाइएको छ ।

Comments
spot_img

More like this

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...

विश्वकप ग्राउण्डको विवादः मिडिया- कसले कसरी प्रस्तुत गरे

काठमाडौं । गएराती मेसीको टिम अर्जेन्टिना ३-२ गोलको अन्तरमा इजिप्टसँग विजयी बन्यो । ७८ मिनेटसम्म २–० को...