Sunday, August 16, 2026
22.7 C
Kathmandu
Home ब्यानर थप ३२३ जनामा कोरोना पुष्टि, कुल संक्रमित ४ हजार ८५ पुगें

थप ३२३ जनामा कोरोना पुष्टि, कुल संक्रमित ४ हजार ८५ पुगें

covid test in nepal

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ दर्जन बढी जिल्लामा ३ सय २३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो पटक ३२३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए। नेपालमा संक्रमित भएका जिल्लाको संख्या ७२ पुगेको छ। संक्रमण नदेखिएको इलाममा पनि आज संक्रमण पुष्टि भएको छ ।

मंगलबार संक्रमित हुनेमा मन्त्रालयले दिएकाे जानकारी अनुसार महात्तेरीमा ५०, धनुषामा ४५, चितवनमा २४, रौतहटमा २१, रुपन्देहीमा २०, कञ्चनपुरमा १९, सर्लाहीमा १७ र नवलपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सल्यान, नवलपरासी र सिराहामा १२/१२, बाग्लुङमा ११, कपिलवस्तु र दार्चुला १०/१०, बाँके ९, डडेलधुरा र सप्तरीमा ७/७, दाङ ६, सुर्खेत ४, मोरङ ३ र जुम्ला र नुवाकोट २/२ जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । इलाम, सुनसरी, धादिङ, म्याग्दी र कैलालीमा एकएक जनामा संक्रमण पुष्टि भएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।