काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनामा राजनीति प्रवेश भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कान्ति बाल अस्पतालको ई–टिकेटिङ एप सार्वजनिक गर्दै शुक्रबार मन्त्रालयमा उनले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको समेत बताएका छन् । उनले कोरोनामा राजनीति मिसिने खतरा बढेको आरोप समेत लगाए ।
‘सुरुमा रोगबाट मात्रै आक्रान्त थियौा हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासाग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौा ।’ उनले भने ।
मन्त्री ढकालले विश्वका अन्य कुनै पनि मुलुकमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताएका छन् ।
Comments







